ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना संक्रमण भएको छ । 

ट्रम्पले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘म र प्रथम महिला दुवै कोभिड- १९ बाट संक्रमित भएका छौँ। हामी दुवै क्वारेन्टिनमा छौँ।’

Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!

— Donald J. Trump (@realDonaldTrump) October 2, 2020

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानिया दुवैले कोरोना परीक्षण गराएका थिए । 

मेलानियाले पनि ट्विटमार्फत राष्ट्रपति ट्रम्प र आफू कोभिड-१९ बाट संक्रमित भएकाे र दुवैजना हाेम क्वारेन्टिनमा बसेकाे जानकारी गराएकी छिन् ।

सुझावित समाचार