कोरोना संक्रमणबाट निधन हुनेकाे संख्या पाँच सय नाघ्याे, आज थप ११ जनाको निधन

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा एक महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुनेमा सुनसरीका तीन पुरुष, रुपन्देहीका तीन पुरुष, काठमाडौंका दुई पुरुष, ललितपुर र भक्तपुरका एक–एक पुरुष छन् ।  त्यसैगरी बाँकेकी एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

याेसँगै काेराेना संक्रमणबाट देशभर निधन हुनेकाे संख्या पाँच सय नाै पुगेकाे छ ।

सुझावित समाचार