नेट जिरो एसेस्ट ओनर एलाइन्स (एओए) सँगको सहकार्यमा कार्बन लेखा वित्तीय साझेदार (पिसिएएफ) ले एनएमबि बैंकलाई नेतृत्व तहमा नियुक्त गरेको छ । पिसिएएफले बैंकलाई एओएको प्रतिनिधिका रूपमा नियुक्त गरेको हो ।
पिसिएएफले विश्वव्यापी रूपमा वित्तीय संस्थाले गरेको कर्जा लगानीसँग सम्बन्धित ग्रिन हाउस ग्या स (जिएचजी) उत्सर्जनको आकलन गर्ने र खुलासा गर्ने जनाइएको छ ।
पिसिएएफ कर्जा र लगानीले फाइनान्स गरेको ग्रिन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्रसंघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयासमा रहेको बैंकले जनाएको छ ।
गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट सुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको जनाइएको छ । हाल यसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति पुगेको बैंकले जनाएको छ ।
पिसिएएफको स्टेअरिङ कमिटीको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङको जग निर्माण गर्न, एसियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु सबैका लागि महत्वपूर्ण भएको बताए । यसको प्रासंगिकता जलवायु परिवर्तन, चरम मौसम घटनाहरू र समुद्री सतहको बढ्दो जोखिममा रहेका एसियाली देशमा बढी रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामी अग्रगामी पहलको हिस्सा हुन पाउँदा खुसी छौँ, जसले वित्तीय संस्थालाई हाम्रो समयको सबभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरूको भूमिका खेल्न सहयोग गर्दछ ।’