कोरोना संक्रमित थप १० जनाको निधन

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप १० जनाको निधन भएको छ ।

निधन हुनेमा तीनजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ९१ पुगेको छ । 

निधन हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीनजना, बाँकेका एक महिला र दुई पुरुष गरी तीनजना छन् । 

त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक–एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

सुझावित समाचार