थप चारजना कोरोना संक्रमितको निधन

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित थप चारजनाको पछिल्लो २४ घन्टाभित्र निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा दुई महिला र दुईजना पुरुष छन् । 

योसमेत देशभर संक्रमणबाट निधन हुनेको  संख्या चार सय ८१ पुगेको छ ।

सुनसरीकी ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सुझावित समाचार