सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा हाइयर कमान्ड तथा मेनेजमेन्ट तालिम सुरु भएको छ । आवश्यक स्वास्थ्य सतर्कता तथा भौतिक दूरीसहित कोर्सको सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले आइतबार भिडियोमार्फत शुभारम्भ गरेका छन् ।  

सि.सं. ८ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नाम दिइएको छ । यो नेपाली सेनामा सञ्चालन हुनै सबैभन्दा उच्च तालिम हो ।

बलाधिकृत रथी शर्माले तालिमले सहभागी शिक्षार्थी अधिकृतहरूको पेसागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले जटिल अपरेसनल वातावरणमा समयसापेक्ष निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनसमेत तालिम महत्वपूर्ण हुने बताए । 

तालिममा ३० जना महासेनानी (फुल कर्णेल) तहका शिक्षार्थी सहभागी छन् । 

सुझावित समाचार