कांग्रेसले संवैधानिक निकायमा भाग खाेज्नुभन्दा पूर्तिका लागि दबाब दिनुपर्छ : शेखर कोइराला

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसले आयोगहरूमा भाग खोज्नुभन्दा उपसभामुख पदको पूर्णताका लागि दबाब दिनुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले उपसभामुख पदको रिक्तताबारे चासो देखाएका हुन् ।

समाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘नेपाली कांग्रेसले विभिन्न संवैधानिक आयोगहरूमा भागबन्डा खोज्नुभन्दा संवैधानिक परिषद्को (उपसभामुखको निर्वाचन) पूर्णतामा दबाब दिनुपर्ने होइन र ? परिषद् सदस्यसमेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायीहरू किन मौन ?’

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखको पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

सुझावित समाचार