कोरोनाबाट थप ६ जनाको निधन

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ ।

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ५९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । 

मोरङमा एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौं र कपिलवस्तुमा एक–एक महिलाको मृत्यु भएको हो । ललितपुर र सप्तरीमा एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सुझावित समाचार