महाकाली सिँचाइ आयोजनाका प्रमुख ११ लाख रकमसहित होटेलबाट पक्राउ

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

महाकाली सिँचाइ आयोजना, कञ्चनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव विष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटेलबाट पक्राउ परेका छन् । होटेल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । 

बरामद रकम उनले घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

सुझावित समाचार