पाल्पाको रम्भा गाउँपालिका- २ फोक्सिङकोट बेलौजामा बिहीबार बिहान पहिरोले स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनीहरू आशिका गाहा र खुमिसरा गाहा रहेकाे वडाध्यक्ष उमानसिंह सारूले जानकारी दिए ।
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिएको हो । घटनास्थल विकट ठाउँमा भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
अहिले उद्धार टोली घटनास्थलतर्फ जाँदै गरेको भण्डारीले जानकारी दिए । भारी वर्षासँगै आएको पहिरोका कारण घटनास्थल जाने बाटो अवरुद्ध भएकाले डोजरको सहायतामा बाटो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।