टिभिएसको दसैँ योजना

बुधबार, ६ असोज, २०७७
डिजिटल संस्करण

टिभिएस टू–ह्विलर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टिभिएस दसैँको आशा’ नामक योजना सुरु गरेको छ । कम्पनीले ग्राहकलाई नगद र पुरस्कारहरू जित्ने बहुअवसर प्रदान गर्ने योजना ल्याएको हो । 

योजनाअनुसार टिभिएसको कुनै पनि एक मोटरसाइकलको खरिदमा ९ हजार रुपैयाँ र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ छुट दिने जनाइएको छ । नगद छुट नलिने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजनाअनुसार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै, बम्पर उपहारका रूपमा हरेक हप्ता एकजनाले  आरआर ३१० जित्ने अवसर पाउने जनाइएको छ । बम्पर उपहार योजनामा भाग लिनका लागि कम्पनीले तोकेको वेबसाइटमा गएर मोटरसाइकल खरिद नगर्ने वा जसले पनि फर्म भर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक साहिल अग्रवालले उपभोक्ताको जीवनमा केही मूल्य थप्ने समय आउँदा नयाँ योजनाका साथ प्रस्तुत हुने गरेको बताए । चाडबाडको मौसम पारेर ल्याइएको यो योजना पनि उपभोक्ता मात्र नभई सर्वसाधारणलाई समेत लक्षित गरिएको उनको भनाइ छ । 

जगदम्बा मोटर्सले नेपालभर १ सयभन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरको राष्ट्रव्यापी वितरण सञ्जाल रहेको दाबी गरेको छ । कम्पनीले ११० देखि ३१० सिसीसम्मका टिभिएस ब्रान्डका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर बिक्री गर्नुका साथै बिक्रीपश्चात्को व्यापक सेवा र जगेडा पार्टपुर्जाहरूको उपलब्धतामा सधैँ केन्द्रित रहेको दाबी गरेको छ । 

See More On

सुझावित समाचार