एक सय चार किलो गाँजासहित तीन पक्राउ

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने प्रहरी चौकी, सुनाचुरीबाट खटिएको प्रहरी टोलीले एक सय चार केजी लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान ४ बजे सुराकीको आधारमा प्रहरीले मनहरी गाउँपालिका– ६ स्थित लोथर खोलाको बगरबाट गाँजा बरामद गरेको हो । 

प्लाष्टिकको झोलामा बाँधेर बोकी ल्याइरहेको अवस्थामा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

गाँजासहित पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका– ९ बस्ने २६ वर्षीय रूप खड्का ठकुरी, सोही स्थान बस्ने ३० वर्षीय टलकबहादुर घलान र २७ वर्षीय मदन कोइराला रहेकाे प्रवक्ता रानाले बताए ।

सुझावित समाचार