नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरु भएको छ ।सोमबार १ बजेका लागि कोटेश्वरस्थित पेरिसडाँडामा बोलाइएको बैठक स्थगित  भएपछि आज साढे १२ बजेका लागि सारिएको हो ।  

सोमबारको सचिवालय बैठक स्थगित गरी मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

थप गृहकार्यका लागि भन्दै हिजोको बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ । 

बैठकमा मुख्य गरी चार प्रस्तावित एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिए । जसमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताको बाँकी काम र पार्टीकाे आन्तरिक पदपूर्तिसहितका विविध विषय रहेको उनले बताए। 

सुझावित समाचार