लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

लमजुङको बेसीसहरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सोमबार साँझ चट्याङ लागेर बेसीसहर नगरपालिका- ६ पुमागाउँका ४२ वर्षीय सन्ते विक घाइते भएका थिए ।

घाइते भएका विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए  । 

यसैगरी चट्याङ लागेर सोही वडामा बस्ने  २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छिन् ।  उनकाे जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।

See More On

सुझावित समाचार