पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खस्यो

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

पेट्रोल बोकेको ना.४ख २८२२ नम्बरको ट्यांकर गल्छी गाउँपालिका- ६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।  

ट्यांकरचालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। 

नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भागमा आगलागी भएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।     
 

सुझावित समाचार