आडवाणीको ब्लग भाजपाले बन्द गरिदिएको हो ?

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

आडवाणीजीको ब्लगबाट ती सबै थोक हटाइएका छन्, जुन उनले मोदी सत्तामा आएपछि संग्रहित गरेका थिए

देशका पूर्वउपप्रधानमन्त्री तथा भाजपा नवनिर्माणका महारथी मानिने लालकृष्ण आडवाणी के हिजोआज आरामै छन् ? के हिजोआज उनलाई बोल्न रोक लगाइएको छ र ? आडवाणी कार्यक्रममा कम देखिन र कम बोल्न थालेदेखिको यो समयमा एउटा ठूलो कुरा घटित हुन पुगेको छ, जसबारे देश हालसम्म अनभिज्ञ छ । आडवाणीजीको ब्लग र त्यो ब्लग पोस्ट इन्टरनेटबाट हराउन पुगेको छ, जसमा उनले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई कठघरामा उभ्याएका थिए । उनको त्यो लेखको निकै चर्चा भएको थियो । यो कुरा सुन्दा अलिक अनौठो लागे पनि साँचो कुरा के हो भने आडवाणीजीको ब्लग पिमखबलष्।ष्ल लाई यसै वर्षको मेदेखि बन्द गरिएको छ । यदि तपाईंले आडवाणीजीको ब्लग अहिले पढ्न चाहनुहुन्छ भने त्यो सम्भव छैन र खोज्दा पनि भेटिँदैन । यो पढ्नका लागि तपाईंले कुनै थर्ड पार्टी टुल्सको सहयोग लिनुपर्ने हुन्छ ।

आडवाणीजीको ब्लग नखुल्नुको अर्थ उनका सबै लेख हराउनु मात्रै होइन । यो सवाल पटक–पटक उठ्ने गर्छ कि आडवाणी मौन किन छन् ? वास्तविकता के हो भने आडवाणीजी कम बोल्ने मात्र होइन कि अब त उनी सार्वजनिक कार्यक्रममा पनि कम देखिन थालेका छन् । हो, प्रधानमन्त्री मोदीले मार्च महिनामा थाल ठटाउन र बत्ती बाल्न भनेपछि उनको तस्बिर पक्कै बाहिर आएको थियो । राममन्दिरको भूमि पूजा कार्यक्रममा पनि टेलिफोनबाट उनलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको थियो, तर आयोजकका अनुसार उनी कोरोना संक्रमणका कारण आउन सकेनन् । हालै पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनपछि उनको भनाइ सतहमा देखा परेको थियो, तर त्यो निकै नापी–तौली बोलिएको थियो । 

अहिले के भनिँदै छ भने बाबरी मस्जिद ढालेको आरोपमा आडवाणी आगामी ३० सेप्टेम्बरमा सिबिआईको विशेष अदालतमा उपस्थित हुन सक्छन् । उनीसहित त्यो मुद्दामा ३२ जना आरोपीलाई न्यायालयले सजाय सुनाउनेछ । तर, आडवाणीजीको ब्लग नभेटिने भएसँगै एउटा कुरा के स्पष्ट भएको छ भने आडवाणी कम बोल्ने र देखिने मात्र होइन कि उनले केही भन्न पनि छाडिसकेका छन् । अथवा के भनौँ भने उनलाई कसैले बोल्न रोकिरहेको छ । 

आडवाणीजीले भनेका थिए, निजी तथा राजनीतिकस्तरमा प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर पार्टी प्रतिबद्ध छ, तर दुःखको कुरा उनकै अभिव्यक्तिको माध्यम ब्लग बन्द गरिएको छ
 

इन्टरनेटको सहयोगले आडवाणीजीको ब्लगको सुरक्षित पेज हेर्ने हो भने त्यस आर्काइवमा आडवाणीजीको ब्लगबाट ती सबै थोक हटाइएका छन्, जुन उनले मोदी सत्तामा आएपछि संग्रहित गरेका थिए । यस्तोमा प्रश्न उठ्छ, त्यस्तो के थियो, जसका कारण उनको ब्लग मात्र होइन कि पोस्ट पनि हटाइयो, जसमा उनको लेख मात्रै होइन कि समग्र राजनीतिक जीवनको कथा पनि संग्रहित थियो । महत्वपूर्ण कुरा के हो भने आडवाणीजीको ब्लग बिजेपीको मिडिया सेलले सम्हाल्ने गर्छ । यो कुरा आफँैमा अनौठो हो कि बिजेपीको वेबसाइटमा उनको ब्लगको लिंक अझै पनि भेट्न सकिन्छ । अब के प्रश्न उठ्छ भने के बिजेपीको संगठनले मिडिया सेललाई यो ब्लग हटाउन आदेश दियो कि आडवाणी आफैँले यो ब्लग बन्द गरिदिए ।

हामीले आडवाणीजीको ब्लग बन्द भएको विषयलाई फेददेखि नै मसिनो गरी अनुसन्धान गर्ने प्रयास गर्‍यौँ । हामीले यसका लागि धबथदबअप mबअजष्लभ नामको वेबसाइटको सहारा लियौँ, जसले वेबसाइटको पुराना पेजलाई सुरक्षित राख्ने गर्छ । तथ्यांकले के देखाउँछ भने वेबसाइटको ड्यासबोर्डलाई अन्तिमपटक २४ मे २०२० मा अपरेट गरेर वेबसाइटको सामग्रीलाई सुरक्षित गरिएको छ । ध्यान दिनुपर्ने कुरा छ कि आडवाणीजीले अन्तिम ब्लग लोकसभा निर्वाचनको पहिलो चरणभन्दा ठ्याक्कै पहिले ४ अप्रिल २०१९ मा लेखेका थिए । ‘नेसन फस्र्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट’ शीर्षकको ब्लगमा उनले के भनेका थिए भने हामीले असहमति राख्नेहरूलाई कहिल्यै पनि राष्ट्रविरोधी भनेका छैनौँ । अब यो ब्लग तपाईंले खोजेर पनि पाउनुहुन्न । यो ब्लगको तारिफ स्वयं प्रधानमन्त्री मोदीले गरेका थिए । यसअघि अप्रिल २०१४ मा मोदी प्रधानमन्त्री बन्नुभन्दा अघिको ब्लग पोस्ट पनि अब अर्काइवमा मात्रै हेर्न सकिन्छ । अहिलेसम्म आडवाणीको ब्लगको नाम सुरक्षित राखिएको छ, तर ब्लगको होस्टिङ सर्वरले काम गरिरहेको छैन । 

आडवाणीजीले आफ्नो अन्तिम ब्लगमा लेखेका थिए, देशमा र पार्टीभित्र लोकतन्त्र र लोकतान्त्रिक परम्पराको रक्षा भारतका लागि गर्वको कुरा हो । त्यसैले भाजपा मिडियासहित सबै लोकतान्त्रिक संस्थाको स्वतन्त्रता, अखण्डता, निष्पक्षता र त्यसको बलियोपनाको पक्षमा सबैभन्दा अघि उभिएको हो । भुल्नु हुँदैन कि वर्तमान समयमा मिडियाको स्वतन्त्रताका साथ–साथ लोकतान्त्रिक परम्परालाई नोक्सान पु¥याउने र त्यसलाई प्रयोग गर्नेहरूविरुद्ध भाजपाले घोर आलोचना गर्दै आएको छ । आडवाणीजीले अगाडि भनेका थिए, निजी तथा राजनीतिकस्तरमा प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर पार्टी प्रतिबद्ध छ । तर, दुःखको कुरा उनकै अभिव्यक्तिको माध्यम उनको ब्लग बन्द गरिएको छ । 

(लेखक स्वतन्त्र पत्रकार हुन्)
मिडिया भिजिलबाट

सुझावित समाचार