कोरोना संक्रमित थप सातजनाको निधन

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमित थप सातजनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा पाँचजना पुरुष र दुईजना महिला छन् । मन्त्रालयका अनुसार काठमाडौंका एक महिला र एक पुरुष गरी दुईजना, मोरङका दुईजना पुरुष, भक्तपुरका एक पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुषको मृत्यु भएको हो । 
 

सुझावित समाचार