कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । 

केही दिनअघि कोरोना संक्रमण देखिएपछि घरमा नै आइसोलेसनमा रहेका कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि चाबहिलस्थित ओम अस्पताल ल्याइएको थियो । 

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले उपचारका लागि कोइरालालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । 

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ । 

उनको उपचारमा डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डाक्टरहरूको टिम खटिएको अस्पतालले जनाएको छ । 

सुझावित समाचार