कोरोना संक्रमित थप पाँचजनाको मृत्यु, हालसम्म देशभर तीन सय २२ जनाको निधन

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट २४ घन्टाभित्र थप पाँचजनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार संक्रमणबाट चार पुरुष र एकजना महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसमेत नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय २२ पुगेको छ । 
 

सुझावित समाचार