नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्षद्वयकाे प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा सुरु भएको छ ।

बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल गर्ने तयारी छ ।

दुवै अध्यक्षले बैठकलाई सम्बोधन गर्ने र प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी भएको एक नेताले बताए ।

पार्टीभित्र चुलिएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा दुवै अध्यक्षले तयार पारेको साझा प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यक्रम छ ।

१३ साउनयता स्थायी कमिटी बैठक पटक–पटकक स्थगित हुँदै आएको थियो ।

सुझावित समाचार