कोरोना संक्रमित थप पाँचजनाको मृत्यु

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण भएका थप पाँचजनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार पुरुष र एक महिलाको मृत्यु भएको हो ।

काठमाडौंका ५९ र ८३ वर्षीय दुई पुरुष र ५५ वर्षीया एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

योसमेत देशभर कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन सय १७ पुगेको छ । 

सुझावित समाचार