कोरोना संक्रमित थप ६ जनाको मृत्यु, हालसम्म तीन सय १२ जनाले संक्रमणबाट ज्यान गुमाए

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् ।

काठमाडौंका ६७ वर्षीय पुरुष र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कास्कीकी ७३ वर्षीया महिला, बाँकेकी ८० वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
 

सुझावित समाचार