२४ घन्टाभित्र कोरोना संक्रमित थप ६ जनाको निधन भएको छ ।
निधन हुनेमा पाँच पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष गरी दुईजना छन् । त्यसैगरी पर्साका ५४ र ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सुनसरीका ७० वर्षीय र कपिलवस्तुका ६२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
याेसमेत मंगलबारसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या तीन सय ६ पुगेकाे छ ।