मूर्ति चोर्ने पक्राउ

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

मन्दिरबाट दुई थान  मूर्ति चोरी गर्ने सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ८ चाँगेस्थानका ३५ वर्षीय रमेश मगर पक्राउ परेका छन् ।  

स्थानीय देवीको मन्दिरबाट दुईवटा  सिंहको मूर्ति चोरी गरेको आरोपमा सोलुखुम्बु प्रहरीले मगरलाई सोमबार राति पक्राउ गरेको हो । 

सोलुखुम्बु प्रहरीले जानकारी गराएअनुसार  सोमबार दिउँसो १२ बजे मन्दिरमा रहेका दुईवटा मुर्ति एक्कासि सोमबार दिउँसो गायब भएको थियो । मूर्ति चोरी भएको आशंकामा  मन्दिर व्यवस्थापन समितिले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले सूचना पाएर तुरुन्त खोजतलास गर्दा फरार भएका मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ११ स्थित एक होटेलबाट सोमबार राति चोरीको मूर्तिसहित पक्राउ गरेको हो  ।    
 

सुझावित समाचार