जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित वस्तु उत्पादन गर्दै आएको ब्रान्ड पामाकेयरले ह्यान्डवास बजारमा ल्याएको छ । स्यानिटाइजरलगायत अन्य वस्तु उत्पादन गरी बिक्री–वितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको हो ।
आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनीले विभिन्न फ्लेबरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताए । कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्कजस्ता वस्तुको भूमिका प्रभावकारी देखिएकाले कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीको भनाइ छ । यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरसजस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण रहेको कम्पनीको दाबी छ ।
कम्पनीले २ सय ५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य १ सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ ।