२४ घन्टाभित्र ११ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात पुरुष र चार महिलाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा सिराहाका दुईजना ८७ र ६२ वर्षीय पुरुष, मोरङका ७६ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरुष छन् ।
त्यसैगरी मृत्यु हुने महिलामा काठमाडौंका तीनजना ३७, ९० र ८३ वर्षीया र कास्कीकी ६३ वर्षीया रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
योसमेत देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।