प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भएजस्तो मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकमा शुक्रबार ओलीले मन्त्रिमण्डल पुनर्गठन हुने हल्लामा सत्यता नभएको बताएका हुन् ।
सरकारलाई कमजोर बनाउने उद्देश्यबाट प्रेरित भएर यस्ता हल्ला चलाइएको भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
कानुन तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल हेरफेर हुँदैन, ढुक्क भएर काम गर्नुस् भनेर निर्देशन दिनुभयो ।’
ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने आफ्नो योजना र सोच नभएको पनि बताएका थिए ।