गाेंगबु हत्याकाण्ड : कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान, छोरीलाई सुधारगृह पठाउन आदेश

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी मोहिनप्रसाद जोशीले बताए ।

अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश दिएकाे छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सञ्जीव पोखरेलका अनुसार कल्पनालाई केन्द्रीय कारागार र उनकी छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले बिहीबार आदेश दिएको हाे ।

रोल्पाका कृष्णबहादुरको गत २४ साउनमा हत्या भएको थियो । उनको शव घाँटी काटिएको अवस्थामा गोंगबुमा फेला परेको थियो ।

शरीरको भाग सुटकेसमा राखेर फ्यालेको र टाउको केही पर भेटिएको थियो ।

सुझावित समाचार