लमजुङ कारागारमा उच्च सर्तकता, चार बेडको आइसोलेसन निर्माण

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि लमजुङ कारागारमा उच्च सर्तकता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माका अनुसार कारागारमा  शुक्रवार ४ बेडको आइसोलेसन समेत निर्माण गरिएको छ । महिला कैदिबन्दिका लागि दुई बेड पुरुष कैदीबन्दिका लागि दुई बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ ।

कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी लमजुङ  कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर विष्णु प्रसाद पौडेलले बताए  । 

उनले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिए । हाल कारागारमा  ७१ जना पुरुष कैदीबन्दी र ६ जना महिला कैदिबन्दी गरि ७७ जना कैदिबन्दी छन् ।

३५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा दोब्बर कैदिबन्दी छन् । शुक्रबार सम्म लमजुङमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ जसमध्ये एक सय २० जना कोरोनालाई जितेर घर फर्किएका छन् भने एक सय २३ जना आइसोलेसनमा छन् ।

सुझावित समाचार