ललितपुरमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु जारी

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।     

कोरोना भाइरसको संक्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । 

स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मत्स्येन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यु जारी गरिएको जिप्रकाले जनाएको छ ।     
 

सुझावित समाचार