कोरोना संक्रमित थप ६ जनाको निधन

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ ।

निधन हुनेमा महिला चार र पुरुष दुईजना छन् । 

योसमेत नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चितवनकी ४० वर्षीया र भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काेराेनाबाट मृत्यु हुनेकाे प्रतिशत ०.६ रहेकाे मन्त्रालयले जनाएकाे छ । 

सुझावित समाचार