सिभिल प्रहरी हाैँ भन्दै धम्की दिएको आरोपमा दुई युवक पक्राउ

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । सिभिल प्रहरी हौँ भन्दै धम्की दिएको आरोपमा काठमाडौंबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन्।

उनीहरुले गएराति साढे १२ बजेतिर काठमाडौं– २६ ज्याठास्थित गोल्डन आइ डान्स बारका संचालक र स्टाफसँग वादविवाद गरी धम्की दिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका उनीहरुलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ।

सुझावित समाचार