धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट तीन लाख ८८ हजार ९७० रुपैयाँ नगद र १६ वटा ठुला कौडा बरामद गरेको जनाएको छ।

महालक्ष्मी– ४, दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेल भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्ण्डडमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार जुवाको खालबाट ५४ हजार रुपैयाँ र पक्राउ परेका २० जनाको साथबाट तीन लाख ३४ हजार ९७० रुपैयाँ बरामद भएको छ। प्रहरीले बरामद रकम र कौडासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको जनाएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
 

सुझावित समाचार