सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुमबाट पक्राउ

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

रुकुम/ सुरुङ खनेर डोल्पा ठुलीभेरी नगरपालिका– ३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी मंगलबार रुकुम पश्चिमबाट पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिम, आठबिसकोट नगरपालिका– १० घर भएका ३२ वर्षीय रामबहादुर कामी र सल्यान कुमाख गाउँपालिका– ५ घर भएका २८ वर्षीय रेशम राना पक्राउ परेका हुन् ।

कामीलाई १८ वर्ष कैद सजाय तोकिएकामा १३ वर्ष कैद भुक्तान गर्न बाँकी छ भने रानालाई १२ वर्ष कैद सजाय तोकिएकामा नौ वर्ष कैद भुक्तान गर्न बाँकी छ ।

पक्राउ परेका दुवैजनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार लगिएको छ । कारागारबाट ६ जना कैदी र दुईजना थुनुवा गरी आठजना फरार भएका थिए । अन्य ६ जनाको भने खोजी जारी रहेको डोल्पा प्रहरीले जनाएको छ ।

सुझावित समाचार