रामेछापका नाै हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाभरका नाै हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ । 

रामेछापका नाै हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिँदै छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत आज र भोलि (१७ र (१८) गते गरी जिल्लाभरका बालबालिकालाई लक्षित गर्दै उक्त अभियान सञ्चालन हुन लागेको हो । 

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाका अनुसार यो अभियानमा ६ देखि ५९ महिनासम्मका नाै हजार ६५८ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका आठ हजार ७३५ बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको      जनाएको छ । 

जनस्वास्थ्य प्रमुख झाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेका छन्। 

सुझावित समाचार