मलामी गएका व्यक्ति कालीगण्डकीमा बेपत्ता

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

​नवलपुरमा कालीगण्डकी र नारायणी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। ​बुलिङ्टार गाउँपालिका–६, जगरगट्टी घाटमा काकाको मलामी गएका एक पुरुष कालीगण्डकीमा डुबेर बेपत्ता भएका हुन्।

शव जलाएर जल चढाउने क्रममा ३२ वर्षीय विष्णु सार्की नेपाली कालीगण्डकीमा डुबेर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ। 

त्यसैगरी, गैँडाकोट नगरपालिका– २ स्थित नारायणी नदीमा पनि एक पुरुष बेपत्ता भएका छन्। नवलपुर प्रहरीका अनुसार परिचय नखुलेका पुरुष पुलबाट नारायणी नदीमा हाम फाली बेपत्ता भएका हुन्।

प्रहरी र स्थानीयको टोलीले घटनास्थलमा खोजी कार्य जारी राखेको छ।

नारायणीमा सोमबार बेपत्ता दुवैजना अझै फेला परेका छैनन्। उनीहरूको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार