पाल्पाकाे रुक्सेमा पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुरको निधन

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

पाल्पाकाे माथागढी गाउँपालिका– २, रुक्सेमा आइतबार बिहान पहिराेले घर पुरिँदा एक वृद्धको निधन भएकाे छ । आइतबार बिहान २:३० बजे घरमाथि रहेकाे बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडीमगरको घर पुरिएको थियाे ।

माथिकाे ढिस्को खसेर घर पुरिँदा घरभित्र रहेका शेरबहादुर चिडीमगर घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियाे । 

उपचारका क्रममा बिहान ९:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ । घरमा रहेका अन्य चारजना सदस्य भने सुरक्षित रहेको प्रहरीकाे भनाइ छ ।  

See More On

सुझावित समाचार