विगतका गल्ती नदोहोर्‍याउने एमालेकाे प्रतिबद्धता

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्गचित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेको छ ।

‘बैठकमा हामीले विगतमा रहेका कमी–कमजोरीको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्याउने प्रण गरेका छौँ र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौँ । बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अघि बढ्न पार्टीका सबै नेता–कार्यकर्तालाई आग्रह गर्दछौँ,’ बैठकबाट पारित विशेष संकल्प प्रस्तावमा भनिएको छ ।

त्यस्तै, आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आगामी कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको छ ।

‘यसबिचमा देखापरेका कतिपय असमझदारी र अस्वस्थता यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ । बैठकको यस सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टीपंक्तिलाई आह्वान गर्दछ,’ संकल्प प्रस्तावमा छ ।

See More On

सुझावित समाचार