पूर्वराष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण
पूर्वराष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता

फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ।

सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले बिहीबार नै अनुमोदन गरेको हो। आजै सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको थियो। उनी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी छिन्।

२०७२ सालमा पहिलोपटक राष्ट्रपति निर्वाचित भएपछि एमालेको सम्पूर्ण जिम्मेवारी त्यागेकी भण्डारीले करिब ११ वर्षपछि दलीय राजनीतिमा ‘कमब्याक’ गरेकी हुन्।

भण्डारीले एमालेको ११औँ महाधिवेशनअघि नै सक्रिय राजनीतिमा फर्किने तयारी गरेकी थिइन्। तर, पार्टी सदस्यता नवीकरण नहुँदा उनी सक्रिय हुन पाएकी थिइनन्।

सुझावित समाचार