पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयको आज बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। अब उक्त निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनेछ।

भण्डारी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी छिन्। उनले पार्टीको ११औँ महाधिवेशनअघि नै सक्रिय राजनीतिमा फर्किएर नेतृत्व तहमा भूमिका निर्वाह गर्ने तयारी गरेकी थिइन्। तर, पार्टी सदस्यता नभएका कारण उनी सक्रिय हुन पाएकी थिइनन्।

अब केन्द्रीय कमिटीबाट वरिष्ठ नेताका रूपमा अनुमोदन भएपछि भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किने बाटो थप सहज हुने देखिएको छ।

सुझावित समाचार