नेकपामा झलनाथको फरक मत (पूर्णपाठसहित)

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कार्यसंयोजन समिति बैठकमा फरक मतसहितको प्रस्ताव पेस गरेका छन्। पार्टी पुनर्गठन र पुनर्निर्माणका लागि राष्ट्रिय महाधिवेशनको विकल्प नभएको भन्दै खनालले हालै जारी भएको अन्तरिम विधानबाट राष्ट्रिय महाधिवेशनमा जान नसकिने तर्क गरेका छन्।

‘यो विधान कम्युनिस्ट पार्टीको विधान भन्ने खालकै छैन। यो जुन अवधारणहरूबाट बनेको छ, त्यो कम्युनिस्ट अवधारणा होइन,’ प्रस्तावमा भनिएको छ। एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिलाई राष्ट्रिय महाअधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न खनालले माग गरेका छन्। 

‘केन्द्रीय समितिका सबै साथीहरूलाई र अरू केही अत्यावश्यक साथीहरूलाई समेत थपेर वहाँहरूलाई ससम्मान आयोजक समितिमा राख्ने निर्णय गरौँ। त्यसो गर्दा सबै साथीहरूलाई सम्मान पनि हुन्छ,’ खनालको प्रस्ताव छ।

सुझावित समाचार