ऋण असुलीबाट प्राप्त रकमले चार समस्याग्रस्त सहकारीका १०५ बचतकर्ताको रकम फिर्ता

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका १०५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

समितिले शिव शिखर सहकारीका ३५, ओरियन्टल को–अपरेटिभका दुई, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ जना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। सरकारले समस्याग्रस्त सहकारीबाट असुल भएको ऋण तथा व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार समितिले बचत फिर्ताको प्रक्रिया अघि बढाएको हो।

समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको छ। अब बचतको रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

सुझावित समाचार