आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ।
आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँबराबरको स्रोत सहमति प्राप्त भएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मल व्यवस्थापन गर्न खरिद तथा आपूर्ति प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिएको सचिवालयले जनाएको छ।