एनआइसी एसिया बैंकद्वारा कैलालीका तीन विद्यालय र मामाघर नेपाललाई सहयोग

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरस्थित मामाघर नेपाललाई सहयोग गरेको छ।

बैंकले टीकापुरका श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालयलाई एक ल्यापटप, चार डेस्कटप कम्प्युटर र एक प्रिन्टर, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई दुई ल्यापटप, पाँच डेस्कटप कम्प्युटर र एक प्रिन्टर तथा श्री भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई एक ल्यापटप र एक प्रिन्टर प्रदान गरेको हो।

त्यस्तै, हेटौँडास्थित मामाघर नेपाललाई आश्रममा आश्रित बालबालिकाका लागि आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार सहयोगबाट विद्यालयको पठनपाठनमा सहजता हुनुका साथै मामाघरमा आश्रित बालबालिकाको बसाइ थप सहज हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार