बुटवलमा जिडब्लुएमको सोरुम, ओरा ५ र हावल जोलिन इभी सार्वजनिक

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

ग्रेटवाल मोटर (जिडब्लुएम)को सोरुम बुटवलमा सञ्चालनमा आएको छ । इभी सवारीसाधनको बिक्री ताथ सेवा विस्तार गर्ने क्रममा कम्पनीले बुटवलको कालिकानगरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । भिजी इम्पेक्स प्रालिअन्तर्गत जिडब्लुएमका अधिकृत क्षेत्रीय साझेदार सहर्ष इन्टरप्राइजेजले सोरुम सञ्चालनमा ल्याएको हो । नयाँ सोरुम उद्घाटनसँगै ओरा ५ एसयुभी र हावल जोलिन म्याक्स इभी एसयुभी पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सोरुमबाट बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्टस्को सुविधा उपलब्ध हुनेछ । बुटवल तथा लुम्बिनी प्रदेशमा बढ्ता इभीको मागलाई लक्षित गर्दै सोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ ।  ओरा ५ मा ५२० किमिसम्म रेन्ज, फाइभ स्टार एनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्रान्ड क्लियरेन्स र २० भन्दा बढी लेभस टु एआड फिचर छन् । यसको सुरुवाती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, हावल जोलिनमा ५८.३ किलोवाटको ब्याट्री, डब्लुएलटिपीअनुसार चार सय किमिभन्दा बढीको रेन्ज, १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च टचस्क्रिन र भिटुएल सुविधा छन् । यसको अफर मूल्य ५९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।

सहर्ष इन्टरप्राइजेजका अध्यक्ष केहरसिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई बिक्रीसँगै भरपर्दो सर्भिस तथा स्पेयर पार्टस् सुविधा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालनमा ल्याइएको जानकारी दिए । दुवै मोडेलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको हो । ग्राहकले कालिकानगरस्थित सोरुममा पुगेर सवारीसाधनबारे जानकारी तथा टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन् ।  

See More On

सुझावित समाचार