बसमा ‘आगलागी’को घटनापछि राहदानी वितरण सेवा प्रभावित

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

राहदानी विभाग परिसरअगाडि भएको बस ‘आगलागी’ घटनाका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवासमेत प्रभावित भएको छ।

विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ।

वर्तमान अवस्थालाई ध्यानमा राख्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्य गरी सेवा लिन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सुचारु रहनेछ। उल्लेखित समस्या समाधान भएपछि राहदानी वितरण सेवासमेत नियमित हुने विभागले जनाएको छ।

सुझावित समाचार