शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि फिफासँग उच्चस्तरीय पहल भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सो जानकारी दिएका हुन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधनसहित तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बारम्बार सचेत गराउँदासमेत बेवास्ता गरेपछि एन्फा निलम्बनमा परेको उनले बताए।
एन्फाको अनुरोधमा ०८३ जेठ १ गते राखेपले निलम्बन फुकुवा गरेकाे उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘निलम्बनको अवधि (फिफाकाे) नतोकिएको र नेपाल सरकारबाट निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको हुँदा चाँडै निलम्बन फुकुवा हुन सक्छ।’