सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपतसम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने विषयमा समिति सदस्यहरूबाट राय तथा सुझाव प्राप्त भएको छ ।
बैठकमा विशेष समितिको गठन, संरचना, कार्यावधि तथा कार्यदिशाका सम्बन्धमा समेत सदस्यहरूले सुझाव दिएका थिए ।