पूर्वमन्त्री सौदाबाजीमा जोडिएपछि एमालेले बनायो छानबिन समिति

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

पोखरामा सञ्चालित एक नर्सिङ होमको शड्ढया थपका विषयमा आर्थिक सौदाबाजीमा तत्कालीन मन्त्री जोडिएको सार्वजनिक भएपछि एमालेले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पोखरा महानगरपालिका– ३ स्थित नदीपुरमा सञ्चालनमा रहेको ५० शड्ढयाको पद्म नर्सिङ होमलाई सय शड्ढयाका लागि अनुमति प्रदान गर्ने विषयमा भएको आर्थिक सौदाबाजीमा गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलको संलग्नता देखिएपछि छानबिन समिति गठन गरिएको हो । पाण्डे २ वैशाख ०८३ देखि १० भदौ ०८३ सम्म गण्डकीका स्वास्थ्यमन्त्री थिए ।

एमाले गण्डकी प्रदेश सभा संसदीय दलको कार्यालयले १५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी आइतबार एक समिति गठन गरेको हो । दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा दलका सदस्य एवं संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र पार्टी प्रदेश कमिटीको तर्फबाट प्रदेश कमिटी सचिव धनञ्जय दवाडी सदस्य छन् ।

आर्थिक सौदाबाजीको विषय सार्वजनिक भएसँगै दलको गम्भीर ध्यानाकर्षण भएपछि छानबिन समिति गठन गरी आवश्यक कार्यादेशसहित छानबिनको काम अगाडि बढाइएको प्रमुख सचेतक त्रिपाठीले बताइन् ।सार्वजनिक विवरणअनुसार पोखरा– ३, नदीपुरमा रहेको पद्म नर्सिङ होम हाल ५० शड्ढयाको क्षमतामा सञ्चालनमा छ । 

See More On

सुझावित समाचार