हिमालय एयरलाइन्सका कर्मचारीमार्फत १३ लाख सहयोग

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले हिमालय एयरलाइन्सका कर्मचारीले १४ लाख ७० लाखभन्दा बढी सहयोग गरेका छन् ।

सो रकममध्ये १० प्रतिशत रकम विपत्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी १३ लाख २० हजार ६ सय ६६ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो

विपत्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै कम्पनीका कर्मचारीले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरी सहयोग गरेका छन् । साथै, उनीहरूले लत्ताकपडासमेत संकलन गरी काठमाडौं स्कुल अफ लमा प्रदान गरेका छन् । कम्पनीका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले कर्मचारीका तर्फबाट संकलित उक्त रकम  रकमबराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरे । 

कम्पनीका अनुसार विपत्तिका वेला मानवीय सहायता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा सहयोग पुर्याउँदै आइएको छ । हिमालय एयरलाइन्स नेपाल–चीनको संयुक्त अन्तर्राष्ट्रिय विमान कम्पनी हो । 

सुझावित समाचार